विश्वकप क्रिकेटको फाइनल हेर्न लड्स मैदान पुगे गगन थापा


 


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापा विश्वकपको फाइनल हेर्न लड्स मैदानमा पुगेका छन्। आइतबार राति भएको खेल हेर्न पुगेको भन्दै नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसमेत सार्वजनिक गरेका छन्।

‘न्युजिल्यान्ड र इंग्लयान्डको फाइनल खेल हेर्ने अवसर मिल्यो।’ उनले लेखेका छन्, ‘यसबाट म ज्यादै उत्साहित छु। म मेरो देशका खेलाडीले विश्वकपको फाइनल खेलेको हेर्न चाहन्छु।’ आइतबार राति भएको रोमान्चक खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै उपाधि हात पारेको हो। उसले पहिलो पटक उपाधि जितेको छ।

प्रकाशित मिति: ३० असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्