पहाडै खसेपछि काभ्रेको रोशी नदी थुनियो


 


काठमाडौं । पाँच दिनदेखिको अविरल बर्षापछि पनौती नगरपालिकाको रोशी जोरघट्टमा गएको पहिरोले रोशी नदी थुनिएको छ । नदी थुनिएपछि नदी छेउका बासिन्दा चिन्तमा परेका छन् । जोरघट्टमा मापदण्डविपरीत ढुङ्गाखानी सञ्चालन गरिएका छन् ।

ढुङ्गाखानीबाट पहिरो गएपछि नदी थुनिएको स्थानीयबासीले बताएका छन् । पहिरोका कारण नदी थुनिएको छ भने सडक अबरुद्ध बनेको छ । डाइमन्ड र कृष्टल ढुङ्गाखानी उद्योगले खानी सञ्चालन गरिरहेका छन् । जथाभावी स्काभेटर प्रयोग गर्दा पहाड खसेर नदी थुनिएको उनीहरुले बताएका छन् । स्थानीय विश्व थापाको घर अगाडि ठूलाठूला चट्टानसहितको पहिरो गएको छ ।

प्रकाशित मिति: ३० असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्