अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्व प्रमुख बस्नेतसँग ८ घण्टा बयान !!


 


काठमाडौँ, विगतमा ‘अजब नेपाल गजब कास्मिर’ भन्ने टिप्पणी खुब चल्दथ्यो। यो टिप्पणी सायद ‘अजव’ काम कुरा हुने गरेकै हुन्थ्यो होला। अहिलेको पुस्ताले ‘अजब नेपाल गजब कास्मिर’ स्मरण गर्ने बेला आएछ।

सार्वजनिक पदको दुरुपयोग, भ्रष्टाचारको अनुसन्धान गरेर मुद्दा दायर गर्ने संबैधानिक निकाय कै प्रमुखले पदको चरम दुरुपयोग गरेर स्वयम् भ्रष्टाचारको नायक बनेको घटनाले ‘अजव नेपाल’को स्मरण गराएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख बालुवाटारस्थित ललितानिवासको २९९ रोपनी सरकारी जग्गा व्यक्तिगत नाममा दर्ता प्रकरणमा मुछिएको तथ्य फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्व प्रमुख दीप बस्नेतसँग ८ घण्टा बयान लिएको नयाँ पत्रिकाले २०७६ असार २९ गते समाचार दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्ने निजामती कर्मचारी भएर सेवामा रहँदा अनियमित काम गरेर अकुत सम्पत्ति कमाउने भ्रष्ट कर्मचारी भनेर कहलिएका व्यक्ति हुन्।

दीप बस्नेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुन् ३ करोड र प्रमुख आयुक्त हुन् ८ करोड खर्च गरेको चर्चा त्यसबेला व्यापक नै हुने गरेको थियो। करोडौं रकम खर्च गरेर खरिद गरेको संबैधानिक पदलाई त्यस्ता व्यक्तिले सम्पत्ति कमाउने हतियार नबनाए के गर्छन् त ?

विक्रम सम्बत २०४८ सालपछि बनेको सरकार र राजनीतिक नेतृत्व भ्रष्ट र माफियाको चंगुल परेको कुरा त्यसपछिका दिनहरुमा देशमा भ्रष्टाचारको आंकडा बढ्दै गएबाट स्पष्ट हुन्छ। लोकतन्त्र हाँक्ने नेत्रित्वनै लोभीपापी र रातारात अर्बपति, करोडपति हुने चाहनामा लिप्त भएपछि देश, भ्रष्ट, माफिया र कमिशनखोरको चंगुलबाट कसरी मुक्त हुन सक्छ ? आजको गम्भीर प्रश्न यही हो।

प्रकाशित मिति: ३० असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्