दमकमा भोली रक्तदान कार्यक्रम हुने


 


दमक,साउन ७

झापाको दमकमा बुधबार खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । कार्यक्रम दमक नगर इसाइ समाजको आयोजनामा हुने भएको हो । कार्यक्रमको उद्घाटन दमकका नगर प्रमुख रोमनाथ ओलीले गर्ने बताइएको छ ।

पछिल्लो समय दैबिप्रकेप र दुर्घटनाका कारण मानब जिवनमा रगतको अभाब भइरहेकोले सो अभाबलाई थोरै भएपनि परिपुर्ति गर्ने उदेश्यले बुधबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिने भएको कार्यक्रम संयोजक तथा दमक नगर इसाई समाजका अध्यक्ष आकाश थुलुङले बताए ।

कार्यक्रम नेपाल रेडक्रससोसाइटी उपशाखा दमकको प्राबिधिक सहयोगमा हुने जनाइएको छ । बुधबार बिहान ७ बजे बाट शुरुहुने कार्यक्रम दमक स्थीत गणतन्त्र चोकमा गरिने भनिएको भए पनि मौषमको कारण रेडक्रस भवनको सभाहलमा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्