शालिकरामले भिडियो खिचेको होइन, अरुले नै हो : चितवन अदालत


 


काठमाण्डौँ । पत्रकार शालिकराम पुडासैनी आ$त्मह$त्या प्रकरणमा प्रथम प्रमाण भनिएको भिडियोमाथि चितवन जिल्ला अदालतले प्रश्न उठाएको छ।

जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा पुडासैनीले आ$त्मह$त्या गर्नुपूर्व खिचेको भिडियोबारे प्रश्न उठाएको हो।

आदेशमा भिडियो पुडासैनी आफैंले नभएर अरु कसैले खिचेको लेखिएको छ। यसको मतलब हुन्छ आ$त्मह$त्या गर्नुपहिले पुडासैनीको कोठामा अरू कोही उपस्थित थियो। अदालतको आदेशमा लेखिएको छ, ‘भिडियो रेकर्डको अन्त्यमा मृत$क शालिकराम पुडासैनीले आफ्नो दुवै हात जोडेर आफ्ना बृद्ध बुबाआमा र पत्नीलाई आफूले आ$त्मह$त्या गर्नुको कारण र दुःखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुवै हात जोडेर प्रणाम, दण्डवत गरेको अवस्थाले सो भिडियो आफैँले एक्लैले खिचेको भन्ने देखिएन।‘

आदेशमा भिडियो खिचेको समय र आत्महत्या गरेको समय फरकफरक भएको पनि लेखिएको छ। भिडियो खिच्ने बेला अर्कै व्यक्ति भएको र उसले चाहेको भए बताउन सक्थ्यो भनेर पनि आदेशमा लेखिएको छ। भिडियोबारे थप भनिएको छ, ‘निजले घ$टनास्थलको सो कोठामा उपयुक्त उचाईको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भन्ने घट$नास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन।

अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ।‘ पुडासैनीलाई आ$त्मह$त्या गर्न दुरुत्साहन गर्ने अभियुक्तहरू टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीका बारेमा चितवन जिल्ला अदालतले जारी गरेको आदेशमा उक्त कुरा लेखिएको छ।

प्रकाशित मिति: १० भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्