आज मेघ गर्जनसहित वर्षाको सम्भावना


 


काठमाडौं, भदौँ १०

हाल देशको मध्य तथा पश्चिमका केही स्थानमा आंशिकदेखि सामान्य बदली भई केही भागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाको मौसम सम्बन्धमा जानकारी दिँदै महाशाखाले देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले मंगलबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । मंगलबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति: १० भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्