जापानको ४ अर्ब अनुदानमा सुरूङ मार्ग बन्ने



काठमाडौं । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली बर्दिवास सडक आयोजनाअन्तर्गत भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा पर्ने अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल खण्ड स्तोरउन्नतिसहित साँगामा सुरूङमार्ग बनाइने भएको छ ।

दुई वर्ष अगाडिदेखि राजधानीको कोटेश्वर क्षेत्रमा रहेको जाम हटाउन सुरूङमार्ग बनाउने तयारी भनिए पनि अहिलेसम्म कुनै कामको पनि डीपीआर तयार भएको छैन । भक्तपुर–धुलिखेल स्तोरउन्ती गर्नको लागि कार्यालय स्थापना भएको दुई वर्ष भए पनि तत्पश्चात अन्य काम अगाडि बढ्न सकेको छैन ।जापानिज कम्पनीले एक वर्षभन्दा अगाडिनै सरकार आयोजनाको प्रारुप तयार गरी नेपाल सरकारलाई बुझाएको थियो ।

जापानिज कम्पनीले सडक ६ लेनको बनाउने र ६ सय १३ मिटर एकातितर सुरूङमार्ग बनाउन र अर्कोतिर ६ सय २३ मिटरको बनाउने प्रस्ताव गरेको छ । त्यस्तै अरू ठाउँमा टनेल बनाउने सूर्यविनायक– धुलिखेल, धुलिखेल– सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । जापान सरकारले ४ अर्ब ४ करोड रुपैयाँ अनुदानमा उक्त सुरूङमार्ग निर्माणका लागि सरकार समक्ष प्रस्ताव पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News