विदेशी बुहारीलाई नागरिकता दिने विषयमा दलहरुबीच विवाद कायमै


 


काठमाडौं । विदेशी बुहारीलाई तत्कालै अंगीकृत नागरिकता दिने–नदिने भन्नेमा दलहरूबीच विवाद कायमै छ । नेपाली नागरिकसँग बिहे गरी आउने विदेशी बुहारीलाई तत्कालै नागरिकता दिनुपर्ने मधेस केन्द्रित दलको अडान छ । छिमेकी भारतको जस्तो ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने पक्षमा सत्तासीन नेकपा र विपक्षी कांग्रेस छन् ।

वैवाहिक अंगीकृत नागरिकताको प्रावधानमा दलीय अडानका कारण संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले नागरिकता विधेयकमा अपूरो प्रतिवेदन समितिमा बुझाएको छ ।

सत्तासीन नेकपा सांसद विजय सुब्बा नेतृत्वको ९ सदस्यीय उपसमितिमा वैवाहिक अंगीकृत नागरिकताको प्रावधान र अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने कि नदिने भन्नेमा पनि सहमति जुटेको छैन । उपसमितिले विवादित प्रतिवेदन मंगलबार समितिमा बुझाएको छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति: ११ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्