द्रुतमार्ग तोकिएको समयमै बनाउन सेना कस्सियो


 


काठमाडौं । नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्ग (एक्सप्रेस वे) निर्माण तोकिएको समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ । ६ महिनादेखि रोकिएको द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पारित भएलगत्तै मंगलबार जंगी अड्डाको आन्तरिक ब्रिफिङमा प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्काल काम अघि बढाउन निर्देशन दिएका हुन् ।

आयोजना २०७८ वैशाखमा सम्पन्न गर्नुपर्ने भनिए पनि चालु वर्षको नीति तथा कार्यक्रममा एक वर्ष थपिएको छ । आयोजनाको डीपीआर भदौ १ मा स्वीकृत भएको थियो । ६ महिनादेखि अड्किएको डीपीआर अघि नबढ्दा काममा ढिलाइ हुने भन्दै सेना रक्षा मन्त्रालयमा धाइरहेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति: ११ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्