पशुपति क्षेत्रमा सुरुङ मार्ग बनाइने


 


काठमाडौं, भदौ ११

विश्व सम्पदा सूचीमा सूचीकृत प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पशुपति क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा–ताम्रागंगा सडक बन्द गराएपछि सरकारले विकल्पमा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारेको हो ।

१३ वर्षअघिबाट सञ्चालनमा आएको सडक विकल्पविना नै बन्द गराएको भन्दै जनप्रतिनिधिहरुले कोषसँग असन्तुष्टि राख्दै आएका छन् । कोषले भने विश्व सम्पदा सूचीमा कायमै राख्नका लागि सडक बन्द गराउने निर्णय लिएको बताएको छ ।

सडक बन्द हुँदा कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंखरापुरा नगरपालिकाको साथै सिन्धुपाल्चोक जिल्लामा जाने आउने यात्रुलाई समेत असर परेको छ । –नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति: ११ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्