अख्तियारद्वारा घुस खाने २ कर्मचारीविरुद्ध मुद्दा दायर, यातायातका हाकिम डेढ लाखसहित पक्राउ


 


काठमाडौं, १३ भदौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यलगायत अन्य दुई कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमको पेश्की फछ्र्योट गरिदिने भन्दै सेवाग्राहीसँग रु एक लाख ३० हजार घुस लिएको आरोपमा आयोगले निमित्त प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशङ्कर शर्माविरुद्ध आरोपपत्र दायर गरेको हो ।

यसैगरी आयोगले यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, भुवन जोशी अधिकृत (सातौँ) र अधिकृत जयराज कारीगरलाई रु एक लाख ६६ हजार १०० घुससहित नियन्त्रणमा लिएको छ । सवारी साधन बिक्री गरी नामसारी गरिदिएबापत उनीहरुले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले घुससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्