दूधको मूल्य बढाउन माग


 


काठमाडौं, भदौँ १५

दूध उत्पादक किसानले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन्। रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालका अध्यक्ष आनन्द निउरेले प्रतिलिटर दूधको मूल्य रु १० बढाउन माग गरे। उनले तीन वर्षदेखि दूधको मूल्य एउटै रहेकाले बढाउन माग गरिएको बताए।

“अहिलेकै मूल्यमा दूध बेच्दा हाम्रो लागत मूल्य नै उठ्दैन”, उनले भने, “सम्पूर्ण वस्तुको मूल्य पटकपटक बढ्दा पनि दूधको मूल्य बढेको छैन। त्यसैले दूधको मूल्य बढाउनु पर्दछ।” केन्द्रीय दुग्ध विकास बोर्ड र दुग्ध विकास संस्थानले नेपालमा दूध उत्पादक किसानको सहभागिता हुनुपर्ने, किसान निवृत्तिभरण र किसानको वर्गीकरणसहितको परिचयपत्रको व्यवस्था गर्नुपर्ने, कृषि सहकारी र बचत ऋण सहकारीले एक प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्न पाउनुपर्ने समाजले माग गरेको छ।

प्रकाशित मिति: १५ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्