रुपन्देहीका वडाध्यक्षले गरे आत्महत्या प्रयास


 


काठमाडौं, २१ भर्दा ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का वडाध्यक्ष रमेश नेपालले आज आत्महत्या प्रयास गरेका छन् । अस्पतालमा उपचाररत नेपालको अवस्था गम्भिर रहेको बताइएकाे छ ।

पुरानो बुटवल बजारस्थित आफ्नै घरमा सिलिङ फ्यानमा नेपाल पासो लागेका थिए । तत्कालै परिवारका सदस्यले देखेपछि उनलाई उद्दार गरी अस्पताल पुर्याइएको थियो । स्थानीयका अनुसार आमाले देखेपछि छिमेकीको सहयोगमा पासो लागेको डोरी काटेर नेपाललाई उद्दार गरिएको थियो । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

अस्पतालमै रहेका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको अवस्था गम्भीर रहेको बताएका छन् । नेपालको लामो समय श्वासप्रश्वास बन्द भएको कारण मष्तिष्कमा अक्सिजनमा समस्या आए पनि घाँटीको हड्डी नभाँचिएको जनाइएको छ ।

आत्महत्या प्रयासको कारण भने खुलेको छैन ।

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्