सर्वोच्चको आदेशलाई नेकपा सांसदको काउन्टर, एनसेलबारे थप एक्सन लिन सरकारलाई सुझाव


 


काठमाडौं, २२ भदौ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले सर्वोच्च अदालतलाई काउन्टर दिएका छन्। उनीहरुले एनसेलको पुँजीगत लाभकर प्रकरणमा सर्वोच्चको आदेश सही नभएको भन्दै एक्सन लिन सरकारलाई सुझाव दिएका छन्।

नेकपाका प्रमुख सचेतकसमेत रहेका देव गुरुङले आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भदौ ९ को सर्वोच्चको आदेशले राज्यको अर्बौको कोषको घोटाला गराएको टिप्पणी गरेका छन्।

यो आदेशले २०७५ माघ २३ गते गरेको सर्वोच्च अदालतको पूर्णं इजलासले गरेको आदेशको पनि उल्लंघन गरेको उनको भनाई छ। यो आदेशविरुद्ध तुरुन्तै सरकारका तर्फबाट पुनर्अपिल गर्न पनि उनले माग गरे। पूर्ण बृहत इजलासमा पुनरावलोकन गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: २२ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्