नदीले बगाउँदा भोजपुरमा एक जना बेपत्ता


 


भोजपुर, भदौ २३
भोजपुरमा अरुण नदीले बगाउँदा एक जना वेपत्ता भएका छन् । षडानन्द नगरपालिका–२ माघेछापका २३ वर्षीया दिनेश विकलाई खोलाले वेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

विकको अरुण नदीको तुर्के पुल नजिकै पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
वेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्