नगरपालिकाको अधिकृत चढ्ने गाडीमा बम विस्फोट


 


झापा, भदौ २३
झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा बम प्रहार ‍भएको छ । गौरादह नपा ३ धोबिनेस्थित ईन्द्रबहादुर कट्वालको घरमा बस्दै आएका मिश्र चढ्ने बा २ झ २५७० नम्बरको सरकारी सेतो स्करपियो गाडीमा गएराति बम बिस्फोट भएको हो ।

घरको कम्पाउण्डभित्र पार्किङ गरेर राखेको अवस्थामा बम बिस्फोट भएको प्रहरीले जनाएको छ। बिष्फोटबाट गाडीमा क्षति पुगेको छ ।

गाडीमा भएको बम बिस्फोटबाट घरको झ्यालको सिसाहरुमा समेत क्षति पुगेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बिस्फोटको जिम्मेवारी भने कसैले लिएको छैन ।

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्