नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पनि डेंगु ?


 


काठमाडौं, भदौ २४

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई डेंगुका लक्षण देखिएका छन् । यद्यपि संक्रमणको पुष्टि भने भएको छैन । शनिबारबाट निरन्तर ज्वरो आएपछि वामदेव डेंगु संक्रमण हुनसक्ने भन्दै हतार हतार टेकु अस्पताल पुगेका थिए ।

गौतमको सचिवालयले डेंगु नै भएको प्रमाणित नभएको बताएको छ । निरन्तर ज्वरो आएपछि गौतमले आफूलाई डेंगु संक्रमण भएको आशंका गरेका थिए । लगत्तै चेकजाँच गराउन अस्पताल पुगे । अस्पतालले डेंगु नै भनिसकेको छैन । गौतम घरमै आराम गरेर बसिरहेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्