सुदूरपश्चिम प्रदेशमा संविधान दिवस भव्य रूपमा मनाइने, यस्ताे छ कार्यतालिका



धनगढी, भदौ २५
नेपालको संविधान २०७२ जारी भएको दिनलाई सुदूरपश्चिम प्रदेश सरकारले भव्यताका साथ मनाउने भएको छ । प्रदेश सरकारले सरकारी निकायदेखि सार्वजनिक संघसंस्था तथा सर्वसधारणलाई गौरमय तरिकाले संविधान दिवस मनाउन आब्हान गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बसेको बैठकले यस वर्षको संविधान दिवस मनाउन मुख्मन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको छ ।

तीन दिनसम्म मनाइने संविधान दिवसलाई भव्यरुपमा व्यबस्थान मिलाउन विभिन्न उपसमिति पनि गठन गरिएका छन् ।

दिवसको पहिलो दिन असोज २ गते सरकारी तथा सार्वजनिक निकायमा सरसफाई गरेर चिरिच्याट्ट पार्ने, राष्ट्रिय झण्डा व्यानर फहराउने, नेपालको संविधानका विषयमा पत्रकारले परिसम्बाद, अन्तकृया तथा छलफल चलाउने, साँझ दिपावली गर्ने ।

यस्तै दोस्रो दिन असोज ३ गते संघ, प्रदेश, स्थानीय तहका सबै जनप्रतिनिधि, कर्मचारी, सार्वजनिक संघसंस्था लगायत सर्वसधारण नागरीक मिलेर विहान ७ वजे धनगढीको ट्राफिक चौराहदेखि धनगढी रंगशाला (कवर्डहल)सम्म आ-आफ्ना व्यानर लिएर झाँकीसहितको र्याली गर्ने, त्यसपछि रंगशालामा सम्बोधन सभा चल्ने कार्यक्रम छ ।

दिवसको तेस्रो तथा अन्तिम दिन सरकारी कार्यालयका हाताभित्र र राजधानी गादावरीमा बृक्षारोपण गर्ने कार्यक्रम राखिएको छ ।

बैठकले यी कार्यक्रम सम्पादन गर्न मुल आयोजक समारोह समितिसँगै विभिन्न मन्त्रालय, धनगढी उपमहानगरपालिका, कैलाली उधोग बाणिज्य संघ, प्रदेश पत्रकार महासंघ, सुरक्षा निकाय लगायतलाई जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News