सुदूरपश्चिम प्रदेश सरकारले दियो प्रहरीलाई गाडी, दशैं–तिहारमा शान्ति सुरक्षामा सहयोग पुग्ने


 



धनगढी, असोज ८
सुदूरपश्चिम प्रदेश सरकारले नेपाल प्रहरीलाई गाडी हस्तान्तरण गरेको छ । प्रदेश प्रहरीका लागि गत आर्थिक वर्षकै बजेटबाट खरिद गरिऐका गाडी बुधबार एक कार्यक्रमको आयोजना गर्दै हस्तान्तरण गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बुधबार आयोजित एक समारोहकाबीच मन्त्री प्रकाशबहादुर शाहले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) तारणीप्रसाद लम्साललाई गाडीको चावी हस्तान्तरण गर्नुभयो ।

प्रदेश सरकारले गत आर्थिक वर्षमै तीन करोड ३२ लाख ९१ हजार रुपैयाँमा प्रदेशका नौंवटै जिल्लाका लागि गाडी खरिद गरेको थियो । प्रदेश प्रहरी गठनको प्रक्रिया सुरु नभएको अवस्थामा कानूनी जटिलताका कारण गाडी हस्तान्तरणमा ढिलाई भएको मन्त्री शाहले बताउनुभयो ।

केन्द्रमा प्रदेश प्रहरी गठन सम्बन्धी विधेयक पास भइसकेको र केन्द्रमा पनि प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक पास भइसकेकाले अहिले प्रहरीले गाडी दिएको बताउनुभयो । अहिले संघ अन्तर्गत भएको प्रहरीलाई नै प्रदेश प्रहरीमा समायोजना गरिनेछ । खरिद गरिएका गाडी नौंवटै जिल्लामा दिइने डिआइजी लम्सालले बताउनुभयो ।

गाडी प्राप्त भएपछि दशैं तिहारमा सुरक्षा व्यवस्था कायम गर्न सहज हुने उहाँले बतानउुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बुधबार आयोजित एक समारोहकाबीच मन्त्री प्रकाशबहादुर शाहले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) तारणीप्रसाद लम्साललाई गाडीको चावी हस्तान्तरण गर्नुभयो ।

प्रदेश सरकारले गत आर्थिक वर्षमै तीन करोड ३२ लाख ९१ हजार रुपैयाँमा प्रदेशका नौंवटै जिल्लाका लागि गाडी खरिद गरेको थियो । प्रदेश प्रहरी गठनको प्रक्रिया सुरु नभएको अवस्थामा कानूनी जटिलताका कारण गाडी हस्तान्तरणमा ढिलाई भएको मन्त्री शाहले बताउनुभयो ।

केन्द्रमा प्रदेश प्रहरी गठन सम्बन्धी विधेयक पास भइसकेको र केन्द्रमा पनि प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक पास भइसकेकाले अहिले प्रहरीले गाडी दिएको बताउनुभयो । अहिले संघ अन्तर्गत भएको प्रहरीलाई नै प्रदेश प्रहरीमा समायोजना गरिनेछ । खरिद गरिएका गाडी नौंवटै जिल्लामा दिइने डिआइजी लम्सालले बताउनुभयो । गाडी प्राप्त भएपछि दशैं तिहारमा सुरक्षा व्यवस्था कायम गर्न सहज हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्