जब प्रहरीलाई पैसा दिएर प्रलोभनमा पार्न खोज्दा…


 


काठमाडौं, असोज ८
प्रहरीलाई पैसा दिएर प्रलोभनमा पार्न खोज्दा एक व्यक्ति प्रहरीकै फन्दामा परेका छन् । काठमाडौं महानगरपालिका २७ पुरानो बसपार्कस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सर्लाहीका ४० वर्षीय राजकरण महत्तोलाई प्रहरीले प्रक्राउ गरेको छ ।

काठमाडौं गौशाला बस्ने महत्तोलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पकेट मारी चोरी गर्न खोज्ने महत्तोलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई उक्त रकम दिन खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्