तरुण दल अध्यक्ष भन्छन् – गृहमन्त्री ज्यू तपाईको छोराको डिएनए टेस्ट गरौं


 


काठमाडौं, कात्तिक १०
नेपाल तरुण दलका अध्यष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाको छोराको डीएनए परीक्षण गर्नुपर्ने बताएका छन् । आइतबार ललितपुरमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको ६६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बस्नेतले यस्तो बताएका हुन् ।

२०७५ साल साउन महिनामा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले नसकिरहेका बेला बस्नेतले यस्तो बताएका हुन् । बस्नेतले यस्तो बताइरहदा कांग्रेस पार्टी सभापति एंव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा थिए ।

बस्नेतले भने मैले धेरै पटक भन्दै आएको छु, गृहमन्त्री रामबहादुर थापाज्यू तपाईको छोरामाथि बलात्कारको आरोप लागेको छ, मलाई र तरण दललाई गलत सावित गर्न एक पटक तपाईको छोराको डीएनए टेस्ट गरौं ।

प्रकाशित मिति: १० कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्