देउवालाई नारायणकाजीको चेतावनीः हाम्रो अध्यक्षलाई जे पायो त्यहीँ भने सैह्य हुनेछैन


 


काठमाडौं, कात्तिक ८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय नक्साको विषयमा नेपाली का‌ंग्रेस पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तुच्छ स्वार्थका लागि अक्षम्य धारणा व्यक्त गरेको बताएका छन् ।

‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपित गर्दै पूर्वप्रधानमन्त्री देउवाले बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ,’ श्रेष्ठले समाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘तात्कालिक तुच्छ स्वार्थ (चुनाव)का लागि राष्ट्रियता जस्तो संवेदनशील विषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ, अझै चेतेनन् ।’

देउवाले भारतले विवादित नक्सा प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै निकालेकाेे आरोप लगाएका थिए ।

प्रकाशित मिति: ८ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्