‘उपेन्द्र यादव र मेरोबीच यति राम्रो समझदारी छ कि मान्छेहरुले खेल्न खोज्नु बेकार हो’


 


काठमाडौं, मंसिर १०

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन् । कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले उपेन्द्रसँगको सल्लाहमा मन्त्रालय परिवर्तन गरिएको समेत स्पष्ट पारे ।

यस्तो छ प्रधानमन्त्रीको भनाईः

उहाँ स्वास्थ्य सम्बन्धी विज्ञ होइन, म पनि होइन । हामीले स्वास्थ्य मन्त्रालयलाई कसरी प्रभावकारी बनाउने होला भनेर छलफल गर्यौं । विचार गर्नुपर्छ भन्ने सहमति थियो । विचार गर्नुपर्ने बेला उहाँ (उपेन्द्र) पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत विदेशमा हुनुहुन्थ्यो । दुइटै उपप्रम बाहिर थिए, शिक्षामन्त्री पनि बाहिर थिए । तर, छलफलबाटै उपेन्द्र यादवजीको मन्त्रालय परिवर्तन गरिएको हो ।

उहाँ र मेरो यति राम्रो समझदारी छ कि मान्छेहरुले खेल्न खोज्नु बेकार हो । उपेन्द्रजीले सरकार किन छोड्नुहुन्छ ? छोड्नुहुन्न । उहाँ र मेरो राम्रो समझदारी छ । उहाँ उपप्रधानमन्त्री हुनुहुन्छ । एउटा मन्त्रालयको ठाउँमा अर्काे महत्वपूर्ण संसदीय मामिला कानुन सम्बन्धि मन्त्रालय छ । त्यसकारण उहाँले छोड्नुपर्ने कारण छैन । उहाँको मान मर्यादा, उपप्रधानमन्त्रीको हैसियतमा कुनै तलमाथि भएको छैन । मन्त्रालय ओरतिर परतिर फर्काउँदा खेरी प्रभावकारिता हुन्छ भने उहाँलाई कुनै क्षति हुने कुरा त छैन । त्यसमा मान्छेले खेल्न खोज्नु बेग्लै कुरा हो । तर उहाँ र मेरोबीच एकदमै राम्रो समझदारी छ ।

प्रकाशित मिति: १० मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्