उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे देउवा


 


काठमाडौं, मंसिर ११

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका देउवाले चिकित्सकबाट प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका हुन् । यद्यपि ओलीसँग उनको भेट हुन सकेन । चिकित्सक र प्रमुख सल्लाहकार विष्णु रिमालसँग भेटेर स्वास्थ्य अवस्थाबारे चासो राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सेन्टरको सघन उपचार कक्षमा रहेका प्रधानमन्त्रीसँग चिकित्सकहरुबाहेक अरुलाई भेट्न दिइएको छैन । यसैकारण देउवाले पनि भेट पाएनन् ।

प्रधानमन्त्री ओलीको मंगलबार मात्र एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । ओलीको स्वास्थ्यमा गुणात्मक सुधार आएको छ ।

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्