छाउगोठमा ज्यान गुमाउने महिलाका जेठाजु पक्राउ


 


अछाम मंसिर १९
मङ्सिर १५ गते राति जिल्लाको साफेबगर नगरपालिका ३ शिद्देश्वरमा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र रावतलाई प्रहरीले पक्राउ गरेको छ।

मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा उनलाई पक्राउ गरेको हो । पार्वतीका पति भारतमा रहेका र घरमा सासु–ससुरासमेत नहुँदा अभिभावकको रुपमा रहेको आधारमा जेठाजुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरिले बताएको छ ।

“पक्राउ गरेर मङ्गलसैन पठाएका छौ” साफेबगर प्रहरी प्रमुख प्रहरी निरीक्षक नरपती भट्टले भने । मृतकलाई छाउगोठमा बस्न बाध्य पारिएको हो, वा आफैं बसेको भन्ने अनुसन्धान गर्नका लागि उनलाई पक्राउ गरिएको हो ।

मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीगोठमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछूत पनि दण्डनिय हाे ।

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्