प्रधानमन्त्री डिस्चार्ज , आराम गर्न चिकित्सकको सुझाव


 


काठमाडौ मङ्सिर १९
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएपछि बिहीवार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

मनमोहन भास्कुलर अस्पतालले प्रेस नोट जारी गर्दै स्वास्थ्यलाभ भएपछि प्रधानमन्त्रीलाई घर पठाइएको जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रियाका लागि अघिल्लो मंगलबार अस्पताल भर्ना हुनुभएको थियो । पूर्ण स्वास्थ्यलाभ भए पनि प्रधानमन्त्रीलाई केही दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन ।

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्