उपमेयरले लगाइन् उपमहानगरपालिकामा ताला


 


बारा. पुस ३
नगरपालिकामा मौलाएको बेथिति सच्याउनुपर्ने भन्दै कलैया उपमहानगरपालिकाकी उपप्रमुख रहिमा खातुनले उपमहानगरको मुल गेटमा ताला लगाएकी छिन।

गाउँपालिकाका छ जना वडा अध्यक्षहरूले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत नगरप्रमख विजय यादवले बोर्ड बैठको निर्णय कार्यान्वय नगरेकोे, नगरपालिकाको बैठक नियमित रूपमा नबोलाएको, बोर्ड सदस्यलाई आर्थिक वर्ष २०७५/०७६ को आयव्यय विवरण जानकारी नगराएको आरोपमा लगाईएको थियो।

विज्ञप्तिमा गत वर्षको हावाहुरी प्रभावितका लागि भए/गरेको खर्चको यथार्थ विवरण हालसम्म पनि बोर्डमा जानकारी नगराएकोमा आक्रोससमेत व्यक्त गरिएको छ।

त्यस्तै नगरप्रमुख यादवले आफ्ना दर्जनौं आसेपासेलाई ज्यालादारीमा नियुक्त गरी नगरको बजेट अनियमितता गरेको, नगरस्तरीय बजेटबाट विकास निर्माणको काम गुणस्तरीय हुन नसकेको र समयमा सम्पन्न नगरेर अनियमितता गरेको आरोप पनि लगाइएको छ।

प्रकाशित मिति: ३ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्