ब्राउन सुगर बरामद, युवतीसहित पाँच जना पक्राउ


 


धनगढी , पुस २१
लागुऔषध ब्राउन सुगरको कारोबार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। १ युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट पाँचै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरलगायत लागूऔषध बरामद गरेको छ ।

प्रकाशित मिति: २१ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्