बिस्कुट उद्योग र कपडा उद्योगमा आगलागी, करोडौैंको क्षति



काठमाडाैँ, पुस २३
सुनसरीमा बिस्कुट उद्योग र कपडा उद्योगमा आगलागी भएको छ । दुहबीको पशुपति बिस्कुट उद्योग र वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी भएको हो।

पशुपति विस्कुट उद्योगमा मंगलबार राति करिब ८ बजेदेखि लागेको आगो मध्यरात साढे १२ बजेमात्र नियन्त्रणमा आएको डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

आगलागी भएको इलाका इटहरी प्रहरी कार्यालयले जनाएको छ । आगो नियन्त्रणमा लिन विभिन्न स्थानबाट पाँच वटा वारुणयन्त्र पुगेका थिए । स्थानीय, उद्योगका कामदार तथा प्रहरीसमेत खटिएका थिए ।
उद्योग सञ्चालकले लाखौंको क्षति भएको बताए पनि प्रहरीले भने क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा पनि गएराति आगलागी हुँदा तयारी कपडा, मेसिनलगायत करोडौंको सामान जलेर नष्ट भएको सञ्चालकले बताएका छन् ।

उद्योगमा साँझ साढे छ बजे आगलागी भएको थियो । काम सकाएर उद्योग बन्द गरि बाहिरबाट ताल्चा लगाइसकेको अवस्थामा उद्योगमा अचानक आगलागी भएको सञ्चालकले बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाका २ वटा बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको अग्नि नियन्त्रक शेर बहादुर कार्कीले बताए । बाटो साँघुरो भएका कारण बारुण यन्त्र आगलागी भएको स्थानसम्म लैजान समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News