नायिकामाथि दुर्व्यवहार गर्नेलाई तीन वर्ष जेल सजाय



मुम्बई – बलिउड नायिका जायरा वासिमलाई दुर्व्यवहार गर्ने विकास सचदेवलाई तीन वर्ष जेल चलान गरिएको छ । सन् २०१७ मा अभिनेत्री वासिमले आफूमाथि शारीरिक दुर्व्यवहार भएको बताएकी थिइन् ।

सो घटना भइरहँदा अभिनेत्री वासिम १७ वर्षीकी मात्र भएकीले पीडक सचदेवलाई बालबालिका संरक्षण कानुनमा दोषी ठहर गरिएको हो ।उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत नयाँ दिल्लीदेखि मुम्बईसम्मको फ्लाइटमा ४१ वर्षीय सचदेवले शारीरिक दुर्व्यवहार गरेको लाइभ गरेकी थिइन् ।

विस्तारा एयरलाइन्सले सो व्यक्तिबारे जानकारी गराएपछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News