मिडिया सञ्चालन गर्ने तयारी गर्दै कर्णाली प्रदेश


 


काठमाडौं, साउन ३१
कर्णाली प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालनको तयारी गरेको छ। मिडिया सञ्चालनका लागि प्रदेश सरकारले आन्तरिक तयारी सुरु गरिसकेको छ ।

प्रदेश सरकारको सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले टेलिभिजन ररेडियो स्थापनाका लागि आवश्यक कानुन् निर्माण गर्ने तयारी थालेको हो । कान्तिपुरमा खबर छ ।

चालु आवको बजेटमा प्रादेशिक टेलिभिजन र रेडियो स्थापनाका लागि ८ करोड बजेट बिनियोजन गरिएको छ ।

आन्तरिक मामिला तथ काुनन्मन्त्री नरेश भण्डारीले संघीय सरकारकै अभ्यासअनुरुप प्रदेश सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न सञ्चारमाध्यम खोल्न लागेको बताए ।

प्रकाशित मिति: ३१ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्