सामूहिक कुटपिटबाट एक जनाको मृत्यु, ११ जना पक्राउ


 


सल्यान, वैशाख १३ । कुमाख गाउँपालिका–६ बस्ने वर्ष २१ को विकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा
संलग्न रहेको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही गाउँपालिका–५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान पक्राउ गरेको हो ।

सोही नगरपालिका–५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समूहले बिकास वली समेत तीन जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका वलीको उपचारको क्रममा मृत भएको हो ।

उनको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै कुटपिटबाट घाइते भएका एक जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने एक जनाको नर्सिङ होममा उपचार भइरहेको छ ।

यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्