बारीमा भेटियो एकनाले भरूवा बन्दुक


 


नवलपरासी पश्चिम, वैशाख १३ । कावासोती नगरपालिका–१ वालुवा डाँडास्थित अम्रेसाबारीबाट एक नाले भरूवा बन्दुक
प्रहरीले बरामद गरेको छ ।

बारीमा बेवारिसे अवस्थामा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्