झापामा बालिकामाथि दुब्र्यवहार


 


झापा, भदौँ ३

झापाको मेचीनगर नगरपालिकास्थित काँकाडभिट्टा दक्षिण सतिघट्टा मार्गको चिया बगानमा आज बिहानै १४ बर्षिया बालिकामाथि दुब्र्यवहार भएको छ ।

स्थानीय लोफोफोरस अँग्रेजी माध्यामिक बिद्यालयमा अध्ययनरत बालिका कोचिङ कक्षाका लागि बिद्यालय आउँदै गर्दा बिहान ७ बजे बगानको बिचमा दुब्र्यवहार भएको बिद्यालयका प्रिन्सिपल सागर गुरूङले जानकारी दिनु भयो ।

बिहान ७ : १५ बजेदेखि शुरु हुने कोचिङ कक्षाका लागि आउँदै गर्दा बगानको बिचमा आईपुगे पछि तीन जना केटाले साईकल रोकेर स्कुल ब्याग समेत फालेर जबरजस्ती बगान भित्र लगेपछि बालिकाले जोडले चिच्याएकी थिइन । बालिका चिच्याएपछि केटाहरु भागेको बालिकाले आफुलाई बताएको प्रिन्सिपल गुुरूङले बताउनु भयो ।

कोचिङ कक्षामा पुग्दा एक जना बालिका रोईरहेको अवस्थामा शिक्षकले देखेपछि सोधीखोजी गर्दा घट्नाका बारेमा बालिकाले बिद्यालय परिवारलाई जानकारी गराएको प्रिन्सिपल गुुरूङले बताउनु भयो । घटना थाहापाए लगत्तै बालिकालाई लिएर ईलाका प्रहरी कार्यालय काँकडभिट्टा पुगेर प्रहरीलाई घटनाका बारेमा जानकारी गराएको प्रिन्सिपल गुरूङले सुनाउनु भयो ।

घटनाका बारेमा जानकारी हुने बित्तिकै सतिघट्टा रोडको बगान र आसपासको क्षेत्रमा ती केटाहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको काकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनु भयो ।

प्रकाशित मिति: ३ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्