कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो, एकैदिन थपिए १८९ जना


 



काठमाडौं, जेठ १७
नेपालमा आज एकै दिन १८९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै देशमा कोरोना संक्रमितको संख्या १४ सय १ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी  विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना जित्नेको संख्या २१९ पुगेको छ । 

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्