सुटकेसभित्र टाउको विनाको शव फेला
काठमाडौं, साउन २५
गोंगबुमा सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ। आज बिहान टोखा नगरपालिका-१० गोङ्गबुमा सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला परेको हो।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले सुटकेसभित्र शव प्याक गरिएको अवस्थामा भेटिएको बताए । टाउको भने अलि पर भेटिएको उनले बताए । उनका अनुसार शव पहिचान भइसकेको छैन।
परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली घटनास्थल पुगेको छ।
प्रकाशित मिति: २५ श्रावण २०७७, आइतबार