माछा मार्ने पासोमा अल्झिएर कैलालीमा एक जनाको मृत्यु
धनगढी, साउन २७
कैलालीको भजनीमा माछा मार्न राखेको पासोमा अल्झिएर एक जनाको मृत्यु भएको छ ।
भजनी नगरपालिका ७ का ३६ वर्षका अशोक पासीको पासोमा अल्झिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।
पासी सोमबार अपराह्न ४ बजे घरबाट बाहिर निस्किएपछि बेपत्ता भएका थिए । मंगलवार बिहान गणेशमान आधारभूत विद्यालय नजिकै डुबान भएको स्थानमा उनको शव फेला परेको छ ।
प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलबार