जीवनलाई लक्ष्यसँग एकाकार गराउने ‘लय विज्ञान’ सुरु


 


काठमाडौं २३ बैशाख । मानिसलाई आफुसँग एकाकार गर्दै ईश्वरीय तत्वसँग साक्षात्कार गराउँने लय विज्ञान कार्यक्रम आइतबारदेखि सुरु भएको छ ।
जीवन विज्ञानको आयोजनामा बैशाख २३ गतेदेखि काठमाडौंको बानेश्वरमा सुरु भएको सात दिवसीय ध्यान साधनामुखी कार्यक्रममा जीवन विकास विशेषज्ञ श्रद्धेय रमेश नेपाल र एल पि भानु शर्माले मानिसलाई आफुसँग एकाकार हुन वैज्ञानिक र प्रयोगात्मक सूत्रहरूको अभ्यास गराउनु हुन्छ । जस्ले मानिसले आफ्नो गन्तव्य पत्ता लगाई लक्ष्यमा अगाडि बढ्न मद्दत र मार्गदर्शन गर्दछ ।
विशेषज्ञद्वयले योग, ज्ञान र ध्यानका माध्यमबाट सहभागीलाई आफुसँग एकाकार गराई जीवन, जगत र ईश्वरीय तत्वबिचको अन्तरसम्बन्ध स्पष्ट गर्नुहुनेछ । साथै मानिमा आफुमा भएका क्षमताको पहिचान गर्ने, स्वबोध गर्ने र जीवनलाई सर्वकल्याणका लागि प्रयोग गर्ने विधिहरूको प्रयोग र अभ्यास गराउनु हुनेछ ।
जसबाट मानिसले आफुमा रहेका शारीरिक, मानसिक र भावनात्मक कमजोरीहरू हटाउन र सकारात्मक र ऊर्जाशील जीवन जिउन सहज बनाउनेछ ।
कार्यक्रममा कर्मचारी, शिक्षक, व्यवासायी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका चार सयबढी व्यक्तिहरू देशका विभिन्न ठाउँ र नेपाल बाहिरका विभिन्न देशबाट सहभागी छन् ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्