पेट्रोलको मूल्य फेरि बढ्यो
काठमाडौं, भदौ १६
पेट्रोलको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । मंगलबार आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगमले जनाएको छ ।
गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन ।
प्रकाशित मिति: १६ भाद्र २०७७, मंगलबार