नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ सय ६५ पुग्याे
काठमाडौं, कार्तिक ४
काठमाडौं ९ नेपालमा कोरोना ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १८ जनाको मृत्यु भएको थियो।
गत २४ घण्टामा ३ हजार ९३ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। कुल संक्रमितमध्ये ४१ हजार ७ सय ७५ सक्रिय संक्रमित छन्।
कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १३ लाख १४ हजार ७७९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ हजार २ सय २० जना क्वारेन्टाइनमा छन्।
प्रकाशित मिति: ४ कार्तिक २०७७, मंगलबार