कम्बोडियनका मन्त्रीको टोली स्वास्थ्य सामग्रीसहित नेपालमा


 



काठमाडौं, पौष २१
कम्बोडियन प्रधानमन्त्री हुन सेन मातहतको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मामिलासम्बन्धी मन्त्री औच बोरिथ नेतृत्वको १५ सदस्यीय प्रतिनिधि मण्डल कोभिड–१९ का स्वास्थ्य सामाग्री लिएर काठमाडौं आएको छ ।

लाम्मेइ एअरको विशेष विमानमा आएको टोलीले साथमा ल्याएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिनिधिमण्डलले प्रयोग गरेको विशेष विमान हिजो बिहान ९ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

शीतयुद्धताका चाइना समर्थित पोल पोट (खमेर रुज) सरकारलाई १९७७ मा तत्कालीन सोभियत युनियननिकट भियतनामी सरकारको सहयोगमा पदच्युत गर्ने हुन सेन नेपाली प्रधानमन्त्री केपी ओलीको मित्र हुन् ।

प्रकाशित मिति: २१ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्