मंगलबार सुनको मूल्य बढ्यो


 


काठमाडौं, असोज ५
आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

आज छापवाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजावी सुन ८८ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार १४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: ५ आश्विन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्