अन्तत : प्रस्तावित सूची अश्वीकार गर्नै सबै उम्मेदवार पराजित


 


काठमाडौं, मंसिर १४
नेकपा एमालेको प्रस्तावित सूची अश्वीकार गर्दै पदाधिकारीमा उम्मेदवार दिएका सबै नेता निर्वाचनमा पराजित भएका छन् । अध्यक्षमा भीम रावलसँगै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्की पराजित भएका हुन् ।

अध्यक्षमा निर्वाचित केपी अ‍ोलीले १८०८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गर्दा घनश्याम भुसालले ७२५ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै सचिवमा गोकर्णले १९७६ मत, योगेशले १९६४, छविलाल र पदमाले समान १८०० मत, लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाउँदा भीम आचार्य र टंक कार्कीले क्रमशः १३०० र ५०० मत प्राप्त गर्नुभयो ।

उपाध्यक्ष र सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् । महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीप्रति असहमति जनाउँदै यी नेताले आ आफ्नो उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्