टीकापुर घटनामा मारिएका बालकको घरमा पुगे रेशम र रञ्जिता
काठमाडौं, जेठ १६ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ र नाउपाका संरक्षक रेशम चौधरीले टिकापुर घटनामा मारिएका अढाई वर्षीय बालकको अभिभावलाई भेटेका छन् ।
१६औं गणतन्त्र दिवसमा आम माफी पाएका रेशमले कैलाली पुगेलगत्तै अढाई वर्षीय बालकका अभिभावकलाई भेटेका हुन् । उनले बालकका बुवा टेकबहादुर राउदलाई भेटेर सत्य तथ्य बाहिर ल्यउनका लागि सहयोग गर्ने वचन व्यक्त गरेका छन् ।
सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको खण्डमा सत्यतथ्य बाहिर आउनेसमेत बताए । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले सरकारको ध्यानाकार्षण गराएका छन् ।
प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार