भोलि टिका लगाउने दिन मौषम कस्तो हुन्छ ? थाहा पाइराख्नुहोस्


 


काठमाडौं, असोज १३
भोलि अर्थात शनिबार हिन्दुहरुको महान चाड विजया दशमी । हर्षाेल्लासका साथ मनाइँदै छ । आज देशको पूर्वि तथा मध्य भागमा मौषम बदली भई केही ठाउँमा पानी समेत पर्याे ।

आज पानी परेकोले भोलि टिकाको दिन कस्तो होला ? सर्वसाधारणले चासो व्यक्त गरेका छन् । काठमाडौं तथा पूर्वि नेपालका केही ठाउँमा शुक्रबार पानी परेको हो । पूर्वि क्षेत्रमा बनेको न्युनचापीय क्षेत्रका कारण मौषममा बदली भई पानी परेको मौषमविद समिर श्रेष्ठ बताउँछन् ।

यो अवस्था अझै दुई दिनसम्म रहने अनुमान जल तथा मौषम पूर्वानुमान महाशाखाको छ । त्यस्तै देशको पश्चिमी भेगमा समेत आंशिक बदली रहेको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्