पत्रकार आङदेम्बे सम्मानित


 


दमक, भदौ १९

राष्ट्रिय समाचार समिति ( रासस )का झापा जिल्ला प्रतिनिधि यज्ञराज आङदेम्बे नेपाल निजामति कर्मचारी यूनियन ( संघ ) बाट उत्कृष्ट पत्रकारका रुपमा सम्मानित हुनुभएको छ ।

यूनियनले आफनो स्थापना दिवसका अवसरमा वर्सेनी वितरण गर्देआएको सो उत्कृष्ट पत्रकारबाट आङदेम्बेलाई निजामति क्षेत्रमा कलम चलाएवापत दोसल्ला, सम्मानपत्रसहित सम्मानित गरिएको हो । दुई दशकदेखि झापामा क्रियाशील पत्रकार आङदेम्बे विस.२०५६ सालदेखि राससको जिल्ला स्ट्रिङगरका रुपमा कार्यरत हुनुहुन्छ ।

भद्रपुरमा आज एक कार्यक्रम गरि यूनियनले उहाँसहित एक दर्जन बढी सेवानिवृत कर्मचारी, उत्कृष्ट कर्मचारी, सामाजिक व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको यूनियनका जिल्ला अध्यक्ष कविन्द्रविक्रम नेम्बाङले बताउनुभयो । त्यसैगरि, कार्यक्रममा उत्कृष्ट व्यक्तित्वका रुपमा रेडक्रस झापाका सभापति लोकराज ढकाल, सामाजिक व्यक्तित्वका रुपमा मञ्जु सिटौला ( पोखे्रल ) सहित उत्कृष्ट कर्मचारीका रुपमा विष्ण प्रसाद नेपाल,सिता सुब्बा,मणिकुमार दाहाल,पूर्णबहादुर मगरलाई सम्मान गरिएको छ ।

त्यस्तै,यूनियनले सेवानिवृत भएका रिमा पाण्डे,भिमा पाण्डे,शसीविक्रम भट्टराई,पदम न्यौपाने,खड्क कार्की ,पासाङ शेर्पा र कृष्णप्रसाद भट्टराईलाई प्रंशसापत्र प्रदान गरेको थियो । उहाँहरुलाई राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाई,झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, कांग्रेस झापाका कार्यवाहक सभापति राम कट्टेल,यूनियनका पूर्वाञ्चल संयोजक दिपेन्द्र खत्रीलगायतले संयुक्त रुपमा सम्मान प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्