अमेरिकाले व्यापारिक बदमासी गरेको चीनको आरोप


 


एजेन्सी, असोज ८

चीनले अमेरिकामाथि व्यापारिक बदमासी गरेको आरोप लगाएको छ । चीनबाट आयात हुने वस्तुमा २०० अर्ब अमेरिकी डलर बराबरको करवृद्धि आजदेखि कार्यान्वयनमा आएसँगै चीनले यस्तो आरोप लगाएको हो ।

अमेरिकी कदमको बदलामा चीनले पनि ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा कर बढाउने घोषणा गरिसकेको छ । वित्तीय इतिहासमा अमेरिकाले सबैभन्दा ठूलो व्यापारिक युद्ध सुरु गरेको चीनको आरोप छ ।

चीनले अमेरिकासँगको थप व्यापारिक वार्तासमेत रद्ध गरिसकेको छ । चीनले निर्यात गर्ने ६ हजार वस्तुमा नयाँ अतिरिक्त कर लागू हुनेछ । यस्ता वस्तुमा हातेब्याग, चामल, टेक्सटायल, स्मार्ट घडीलगायतका छन् । नयाँ कर १० देखि २५ प्रतिशतसम्म बढाइएको हो ।

प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्