चीनका विभिन्न स्थानमा भारी वर्षा र आँधीको अनुमान


 


एजेन्सी । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले सोमबार भारी वर्षा र आँधीको अनुमानसहित पहेंँलो चेतावनी नवीकरण गरेको छ ।

सोमबारदेखि मङ्गलबारसम्म भारी वर्षा र आँधीबेहरीले चोङकिङ, गुइझोउ, याङ्जी नदीको दक्षिण र दक्षिण चीनका भागहरूमा असर गर्ने पूर्वानुमान गरिएको हो ।

मौसम विज्ञान केन्द्रका अनुसार हुनान, जियाङ्सी, फुजियान, गुआङ्सी र गुआङ्डोङका केही क्षेत्रमा एक सयदेखि दुई सय मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ ।

स्थानीय सरकारहरूलाई सम्भावित खतरनाक बाहिरी बिजुली आपूर्ति कटौती गर्न र खुला क्षेत्रमा बाहिरी सञ्चालन स्थगित गर्न आग्रह गरिएको छ । सहरी क्षेत्र र कृषि भूमिमा आवश्यक जल निकासी उपायहरू अपनाउन पनि केन्द्रको सुझाव छ ।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्