पत्रकारिता क्षेत्रले जनताको विश्वास जित्नुपर्छ : मुख्यमन्त्री राई


 


विराटनगर, फागुन २३
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता क्षेत्रले जनताका मन र विश्वास जित्ने काममा लाग्नुपर्ने बताउनुभएको छ ।

विराटनगरबाट प्रकाशित हुने ‘न्यू सृष्टि दैनिक पत्रिका’को आठौँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री राईले सामाजिक परिवर्तनमा पत्रकारिता क्षेत्रले दिएको योगदान सराहनीय रहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले मुलुकमा अब सबै किसिमको अप्ठ्यारा पार भइसकेकाले विकास र समृद्धिको यात्रामा सबैलाई अघि बढ्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्