विप्लव नेता हेमन्तप्रकाश वलीसहित ६ जना कारागार चलान


 


काठमाडौं : विप्लव नेतृत्वका नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली ‘सुदर्शन’ सहित ६ जना पुर्पक्षको लागि जेल चलान भएका छन् । मंगलबार ललितपुर जिल्ला अदालतले थुनछेक बहसपछि बिस्फोटक पदार्थ (बम) विस्फोटमा संलग्न रहेको भन्दै उनीहरुलाई नख्खु कारागार पठाउन आदेश दिएको हो ।

गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोट गराइएको थियो । विस्फोटबाट एकजनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।

घटनाको भोलीपल्ट वलीले एक विज्ञप्ति जारी गर्दै एनसेल घटनाको जिम्मा लिएका थिए । घटनाको जिम्मा लिएको एक महिनापछि प्रहरीले वलीलाई काभ्रेको खानीखोला गाँउपालिका–७ बाट नियन्त्रणमा लिएको थियो ।

थुनामा पठाइएका अन्यमा शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायत छन् ।

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्